तरकारीको भाउ घट्दा किसान चिन्तित

काठमाडाैं | माघ २९, २०७९

तरकारीको भाउ घट्दा किसान चिन्तित

बोदेबसाईन:  बजारमा पछिल्लो दुई साता यता तरकारीको भाउ ह्वात्तै घटेपछि किसान चिन्तामा परेका छन् । किसानबाट सस्तोमा तरकारी खरिद गरी महँगोमा बेच्ने बिचौलियाहरूलाई फाइदा भएको किसानको भनाइ छ ।  

 

सप्तरीको मुख्य बजारहरूमा गोभी दुई साता अघिसम्म ३० देखि ५० रुपियाँसम्ममा प्रतिकेजी बिक्री हुँदैआएको थियो । अहिले किसानको बारीमा तरकारी उत्पादन बढेपछि विक्री गर्नेबेलामा मूल्य घटेको किसानहरूको गुनासो छ । बजारमा गोभी र यो सिजनको मुख्य काउली, आलु, भन्टा, मूला लगायतका तरकारीको रेट घटेर प्रतिकेजी १० देखि १५ रुपियाँ भएको छ । विष्णुपुर –७ कट्टीका किसान रामनाथ महतोले सुरुमा तरकारी मूल्य बढी भए पनि अहिले सस्तो भएपछि किसानलाई लागत मूल्य पनि नआउने उहाँले बताउनुभयो । 

 

समयमा खेती लगाउन चाहेमा मल, बिउँ पाइँदैन, स्थानीय सरकारले धेरैथोर अनुदानमा दिए पनि लामो प्रक्रिया पूरा गर्दा समे लाग्नेगरेको किसानको गुनासो छ । अनुदानको मल, बिउँ लिन धेरै किसानलाई त्यसबारे जानकारी नहुने उहाँले बताउनुभयो । 

 

सप्तरीका प्रमुख बजारहरूमा उपभोग हुने ठूलो परिमाणको तरकारी कार्तिकदेखि पुससम्म बाहिरबाट आयात भइरहँदा तरकारीको बजारभाउ पनि गाडी भाडा खर्च समेत गरी महँगो थियो । तर किसानकै खेतबारीमा तरकारी तयार हुँदासम्म स्थानीय बजारमा त्यही तरकारी सस्तो मूल्यमा बेच्नुपरेको  किसानको भनाइ छ । 

 

धेरै मलखाद, किटनाशक हालेको आयातित तरकारीभन्दा स्थानीय किसानकै खेतबारीको गोभी, साग सस्तोमा पाउनेगरेको राजविराज – ८ का उपभोक्ता राजनारायण साहले बताउनुभयो । 

 

एकातिर तरकारी सस्तिँदा पाउ र किलोमा किन्ने काउली, मूला गाँजर अचेल ५० रुपियाँमा पाँच सात किलोको झोला भर्नेगरी तरकारी घर लान पाएको उपभोक्ताहरूको भनाइ छ । 

 

सप्तरी सदरमुकाम राजविराजमा वर्षैभर खपत हुने परिमाणको आधा बढी तरकारी छिमेकी मुलुक भारत र अर्को जिल्ला सुनसरी, सिराहा लगायताको ठाउँबाट आयत हुँदैआएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्